मंसिर ४, काठमाण्डौ । बाजुरामा गोली चलेको छ । जिल्लाको त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वर आधारभूत विद्यालय मतदानस्थलमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । अर्को एक जना घाइते भएका छन् । निर्वाचनको अन्तिम समयमा लफडा हुँदा गोली चलेको प्रहरीले जनाएको छ । थप वितरण आउन बाँकी रहेको छ ।