उपत्यकालगायत देशैभर मतगणना सुरु हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर ५, काठमाडौ । आइतबार भएको आम निर्वाचनमा निर्वाचनको मतगणना सोमबार देशभर अधिकांश ठाउँमा सुरु भएको छ । देशभरीका निर्वाचन अधिकृतका कार्यालयहरूका अनुसार ४ मंसिरमा स्थगित भएको ठाउँबाहेक सोमबारबाट मत गणनाको कार्य हुदैँछ ।

साथै, सोमबार बिहानैवाटै केही ठाउँमा मत गणना सुरू भइसकेको छ भने केही ठाउँमा अबको केही समयपछि मतगणना सुरू गर्ने तयारी भइरहेको छ । काठमाडौं उपत्यका भित्र काठमाडौं ७, भक्तपुर २, ललितपुर २ र ३ को मतगणना सुरू भइसकेको छ भने काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुँदै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस