मंसिर ५, काठमाण्डौ । सुर्खेतमा सिम्तामा पुनः मतदान मंगलबार हुने भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसालेपछि मतदान स्थगित गरिएको थियो । निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि यहाँको तीनवटा केन्द्रको मतदान रद्द भएको भएको थियो ।
निर्वाचन आयोगले दुई दिनभित्र रद्द गरिएका क्षेत्रमा पुनः निर्वाचन गर्न निर्देशन दिएकाले मंगलबार निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत उपेन्द्रकेशर खनाल बताए ।