मंसिर ५, काठमाण्डौ । ताप्लेजुङको मतगणना मंगलबारबाट मात्रै हुने भएको छ । उत्तरी फक्ताङ्लुङ गाउँपालिका ६ र ७ का चार स्थानको मतपेटिका संकलन भई नसकेको कारण मतगणना ढिलो हुन लागेको हो ।
मतपेटिका ढुवानीका लागि हेलिकप्टर नआउने भएकाले अब ती क्षेत्रको मतपेटिका छिटोमा मंगलबार बिहानसम्ममा मात्र आइपुग्ने सम्भावना छ । फक्ताङलुङ गाउँपालिका–७ को ओलाङचुङगोला, याङ्मा तथा वडा नं ६ को ग्याब्ला र घुन्साको मतपेटिका मंगलबार बिहान मात्र आइपुग्ने सम्भावना छ ।