मंसिर ५, काठमाण्डौ । नेपाली कांग्रेसका नम्डु गुरुङ मुस्ताङ ‘क’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनी एक हजार ४८ मत ल्याई विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमाले उम्मेदवार इन्द्रधारा विष्टले ७९३ मत पाइन् । मुस्ताङ ‘क’मा एक हजार ८५५ मत खसेको थियो।
जसमा १४ मत बदर भयो। यो क्षेत्रमा तीन हजार ५४१ मतदाता थिए । आजै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा पनि कांग्रेसका योगेश गौचन थकाली विजयी भएका थिए ।