मंसिर ५, काठमाण्डौ । रोल्पा प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका दीपेन्द्र पुनले अग्रता लिएका छन् । माओवादी रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएका पुनले १४४ मत ल्याएर अग्रता लिएका हुन् । गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका अमरसिंह पुनले ८२ मत र एमालेका प्रेमबहादुर घतीमगरले ६८ मत मात्रै ल्याएका छन् ।