काठमाडौं-१ बाट प्रकाशमान सिंह निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ६, मंगलबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर ६,काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन् ।

सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२८ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १३९ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७०११ मत पाए ।

यसअघि २०७४को चुनावमा पनि सिंहले मिश्रलाई नै पराजित गरेर चुनाव जितेका थिए । मतपरिणामको आधिकारिक घोषणा केही बेरमा गर्ने तयारी हुँदैछ ।

ताजा अपडेट

खोजी गर्नुहोस