मंसिर ६, हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा हालसम्म १२ हजार ६४९ मत गणना भएको छ । लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै रोखकी छिन् । उनले ६ हजार ५८ मत पाउँदा सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाले ४ हजार १७४ मत पाएका छन् ।
थापालाई डिनाले १ हजार ८४ मतले पछि पारेकी छिन् । त्यस्तै राप्रपाका दिपकबहादुर सिंहको १ हजार १६९ मत आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टाकाराज थापाले २१२ मत ल्याएका छन् ।