मंसिर ६, काठमाण्डौ । प्युठानमा प्रतिनिधि सभा सदस्यको मतगणना चलिरहँदा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । अहिलेसम्मको मतगणनामा थापाले ४ हजार ७ सय ३१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३ हजार २८ मत प्राप्त गरेका छन् । थापा र पौडेबीचको मतान्तर १ हजार ७ सय ३ छ ।