मंसिर ७, पोखरा । कास्कीको निर्वाचन क्षेत्र नम्बर २ क मा प्रदेशसभा सदस्यमा नेकपा एमालेका भीमबहादुर कार्की विजयी भएका छन् । कार्कीले निकटम प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै विजयी बने ।
कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनतर्फका नेकपा माओवादका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे ।