रोल्पा प्रदेशसभा १ बाट माओवादीका महरा विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ७, बुधबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर ७, रोल्पा । रोल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट जोखबहादुर महरा निर्वाचित भएका छन् । महराले एमालेका कमलबहादुर बुढाथोकीलाई फराकिलो मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित महराले १९ हजार ४ सय २५ मत प्राप्त गरेका छन् । एमालेका बुढाथोकीले ५ हजार ४ सय ५ मत प्राप्त गरेका थिए ।

महराले १४ हजार २० मतको अन्तरले बुढाथोकीलाई पराजित गरेका हुन् । महराले लामो समय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस