मंसिर ७, काठमाण्डौ । मधेश प्रदेशसभा सप्तरी ३ २ मा पनि जनमत पार्टीले जितेको छ । जनता समाजवादी पार्टीका निवर्तमान प्रदेशसभा सदस्य विन्देश्वर प्रसाद यादवलाई ४८ मतले पराजित गर्दै जनमतका शम्भु कुमार साह विजयी भएका हुन् । साहले १० हजार ८६२ मत ल्याउँदा यादवले १० हजार ८१४ मत प्राप्त गरे ।
नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले ९ हजार २०१ मत ल्याए । मधेश प्रदेशसमा जनमत पार्टीको प्रदेशसभातर्फ यो तेस्रो जित हो ।