कैलाली ५ मा कांग्रेसका पन्त विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भएका छन्। पन्तले नेकपा एमालेका नारदमुनि रानालाई एक हजार ७४ मतान्तरले पराजित गरेका हुन्। पन्त २१ हजार ३९२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी एमालेका रानाले २० हजार ३१८ मत ल्याएका छन्।

यहाँ प्रदेश सभाका दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्। प्रदेश सभा १ मा माओवादी केन्द्रका रमेशसिंह धामीले एमालेका नेपालु चौधरीलाई एक सय २५ मतले हराए। धामीले नौ हजार ३८७ मत ल्याउँदा चौधरीले नौ हजार २६२ मत पाए।

ताजा अपडेट

खोजी गर्नुहोस