प्रदीप ज्ञवालीको लजास्पद हार, गुल्मी-१ बाट कांग्रेसका चन्द्र भण्डारी बिजयी !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाडौ । गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार हालसम्मको गणनामा भण्डारीले ३२ हजार ९६२ मत ल्याएका छन् । भण्डारीले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै निर्वाचित भएका हुन् । ज्ञवालीले ३१ हजार ५५५ मत ल्याएका छन् । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका दामोदर भण्डारी रहेका छन्। उनले एक हजार ८५४ मत पाएका छन् ।

यसअघि २०७४ सालको निर्वाचनमा ज्ञवालीले भण्डारीलाई हराएका थिए । निर्वाचन आयोगले हालसम्म औपचारिक विजेता घोषणा गरेको छैन। तर, गन्न बाँकी मतभन्दा बढीको मतान्तर भएकाले ज्ञवालीले हार स्वीकार गरिसकेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्ना मतदातालाई धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस