मंसिर ९, काठमाडौ । शुक्रबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । निर्वाचनको समीक्षा गर्नका लागि बैठक बस्न लागेको हो । निर्वाचन आयोगबाट प्रमाणपत्र बुझ्न गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता गठबन्धनको बैठकका लागि तुरुन्तै काठमाडौं जान लागेको बताए ।
‘यहाँ सकेर तुरुन्तै काठमाडौं जाँदैछु । किनभने गठबन्धनको बैठक तुरुन्तै बस्नुपर्ने भएको छ’, उनले भने ।