देउवा र प्रचण्डबीच भेटवार्ता : गठबन्धन अझै बलियो बनाउने निष्कर्ष !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १०, शनिबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाण्डौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच शनिबार विहान भेटवार्ता भएको छ । भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरुले बताएका छन् ।

निर्वाचनको परिणाम आउने क्रम जारी रहेकै बेला शनिबार विहान देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस