इलाम-२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ११, आईतबार (२ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

मंसिर ११, इलाम । इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । उनले ११४ मतान्तरले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्कालाई पराजित गरे ।

नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार ९०६ मत पाए । यस क्षेत्रबाट २०७४ सालमा पनि नेम्वाङ नै निर्वाचित भएका थिए । उनी ०५६ सालयता प्रतिनिधि सभामा यसै क्षेत्रबाट निरन्तर अपराजित छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस