मंसिर १२, दोलखा । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा खटिएका कर्मचारीलाई कारबाही गर्दै पुनः मतदान गराउने भएको छ । बैतेश्वर, तामाकोसी, सैलुङ र मेलुङका १० केन्द्रमा निर्वाचन निश्पक्ष नभएको प्रतिवेदन जाँचबुझ समितिले बुझाएपछि आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो । आयोगका अनुसार अब ती केन्द्रमा १५ गते बिहीबार मतदान हुनेछ ।
आयोगले खटाएको कर्मचारीसहितको जाँचबुझ समितिले त्यस क्षेत्रको स्थलगत भ्रमण र अध्ययन गरेको थियो। उक्त समितिको प्रतिवेदनमा बैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा अनधिकृत रूपमा बुथ कब्जा भएको र त्यसमा कर्मचारीको पनि कम्जोरी भेटिएको उल्लेख छ । उक्त प्रतिवेदनको आधारमा पुनः मतदान गराउने र मतदान केन्द्रमा खटिएका कर्मचारीहरूको विवरण आयोगको सचिवालयमार्फत सम्बन्धित निकायसँग माग गरी आवश्यक कारबाहीका लागि आयोगमा पेश गर्न सचिवालयलाई निर्देशन दिने निर्णय भएको आयोगले जनाएको छ ।