राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर १२, सोमबार (२ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाण्डौ । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा राष्ट्रिय पार्टीको रुपमा पुनरागमन भएको छ । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्षतर्फ ७ सिटमा विजयी भइसकेको छ भने राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।

राप्रपाले अहिलेसम्म समानुपातिकतर्फ ५ लाख १६ हजार मत कटाइसकेको छ । यस हिसाबबाट समानुपातिकमा राप्रपाले ७ देखि ८ सिट पाउने निश्चित भएको छ । २०७४ को निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टीको रूपमा स्थापित भएन । राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र संसद्मा विजयी भएका थिए । त्यतिबेला राप्रपा ३ वटा पार्टीको रूपमा विभाजित भएको थियो ।

कमल थापाले नेतृत्व गरेको राप्रपा, पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा ९प्रजातान्त्रिक० तथा डा। प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा राष्ट्रवादी छुट्टाछुट्टै पार्टीको रूपमा चुनावमा होमिएका थिए । त्यतिबेला राप्रपाबाट लिङ्देन मात्र विजयी भएका थिए । आजकोनागरिक दैनिकमा समाचार छ ।

ताजा अपडेट

खोजी गर्नुहोस