मंसिर १६, स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नं। २ मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।
नेकपा एमाले की पद्माकुमारी अर्याललाई २१ सय ६३ मतले पछि पारेका छन् । कांग्रेसका गुरुङले १५ हजार ७२ मत पाए भने एमालेकी अर्यालले १२ हजार नौ सय नौ मत पाईन् । यस्तै स्याङ्जा २ मा स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले पाँच हजार नौ सय ६२ मत प्राप्त गरे ।