स्याङ्जा-२ मा अर्यालभन्दा गुरुङ २ हजार ७१ मतले अगाडि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १७, शनिबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र क्षेत्र नम्बर २ स्याङ्जामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २२ हजार १२० मतका साथ अग्रता कायमै राखेका छन् । उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २० हजार ४९ मत पाएकी छन् । गठबन्धनका दलहरुको साथ पाएका गुरुङ अर्यालभन्दा २ हजार ७१ मतले अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टीकाराज गुरुङले ७ हजार ३२ मत पाए ।

प्रदेशसभा ख तर्फ पनि गठबन्धनकै उम्मेदवार कांग्रेसका महेश भट्टराईले ९ हजार ८६९ मत पाएका छन् भने एमालेका बुद्धिमान श्रेष्ठले ९ हजार ८४६ प्राप्त गरेका छन्। भट्टराई जम्मा २३ मतले अगाडि छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस