मंसिर १७, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम सुखद नरहेको टिप्पणी गरेका छन् ।
दलहरूमाथिनै प्रश्न उठ्नेगरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको उनको भनाइ छ । शनिबार ललितपुरमा आयोजित ‘जापानः विगत, वर्तमान र भविष्य’ विषयक एक दिने सेमिनारमा बोल्दै अध्यक्ष तिमिल्सिनाले ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बलियो बनाउनका लागि दलहरू बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समुदायलाई आग्रह समेत गरे ।