माओवादीले बोलायो पदाधिकारी बैठक !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर १७, शनिबार (२ साल अघि)
  • ३२ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । सत्ता गठबन्धनमा शक्ति बाँडफाँटको प्रस्ताव लैजान र चुनावको समीक्षाका लागि शनिबार पदाधिकारी बैठक बस्न लागेको सचिव गणेश साहले बताए । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

२०७४ सालको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले यसपटक १७ सिट जितेको छ । प्रतिनिधिसभा निर्वाचनमा माओवादी मधेस प्रदेश सुदूरपश्चिम पश्चिम प्रदेशमा कुनै सिट जित्न सकेन ।बैठकमा चुनावी हारका कारणबारे पनि छलफल हुने साहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस