मँसिर १८, काठमाण्डो । दोलखाको प्रदेश सभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार बर्मा लामालाई हराएका हुन् । केसीले १९ हजार चार सय १४ मत ल्याएका छन् भने लामाले १७ हजार पाँच सय ९५ मत ल्याएका छन् ।
एक मात्र प्रतिनिधि सभा क्षेत्र रहेको दोलखामा प्रतिनिधि सभातर्फ मतगणना भने जारी छ । अहिलेसम्म एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी माओवादीका उम्मेदवार गंगा कार्कीभन्दा अघि छन्।