दोलखामा माओवादीका कार्कीको अग्रता, एमालेका शिवाकोटी पछि परे

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर १९, सोमबार (२ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

मंसिर १९,काठमाडौँ । प्रतिनिधि सभाका १ सय ६५ क्षेत्रमध्ये दोलखाको मात्रै अन्तिम नतिजा आउन बाँकी छ । दोलखामा भइरहेको मतगणनामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्कीले अग्रता लिएका छन् । कार्कीले ३३ हजार ३ सय २६ र एमालेका बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याएका छन् ।

मत गणनाको दुई दिनसम्म अग्रता लिएका कार्की अस्ति रातिदेखि भने पछि परेका थिए । तर हिजो दिउँसोदेखि फेरि उनले अग्रता लिँदै आएका छन् । उनिहरुबी्च १ सय ६३ को मतान्तर रहेको छ ।

अहिलेसम्म एक सय ६४ निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ५७ ठाउँमा जितेको छ । यस्तै, एमालेले ४४, माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० ठाउँमा जितेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७ ७ ठाउँमा जितेका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक–एक ठाउँमा जितेका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस