निर्वाचन आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज बुझाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष २, शनिबार (२ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

पौष २, काठमाण्डौ । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आज बुझाउँदैछ । सात वटै प्रदेशका प्रमुखहरुलाई सो प्रतिवेदन आज एकै समयमा बुझाइने आयोगले जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज दिउँसो १ बजे प्रदेशका प्रमुखहरुलाई प्रतिवेदन बुझाइने छ । प्रतिवेदन बुझाउन आयोगका पदाधिकारीहरु प्रदेश राजधानीमा पुगिसकेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस