कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ३, आईतबार (२ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

पौष ३, काठमाडौ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैटक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।

बैठकले संसदीय निर्वाचनका लागि समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ । बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन गर्ने कांग्रेसको तयारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस