गण्डकीमा पुसभित्रै नयाँ सरकार आउने !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ पौष ३, आईतबार (२ साल अघि)
  • ४३ पटक पढिएको
Post Thumbnail

पौष ३, काठमाण्डौ । संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछन् । त्यसअघि नै सांसदहरूको शपथ भइसक्नुपर्छ। प्रदेश प्रमुखले सांसदहरूलाई शपथ खुवाउने व्यवस्था छ ।

२८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो। त्यसो हुँदा १८ पुसभित्र संसद बैठक बसिसक्ने छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र प्रदेशको सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने छ । सभामुख र उपसभामुख फरक लिंग र फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उक्त निर्वाचनभन्दा अगाडी प्रदेश सभामा प्रतिनिधित्व गर्नेमध्ये सबैभन्दा ज्येष्ठ उमेरका व्यक्तिले बैठकको अध्यक्षता गर्ने छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस