प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन ४, बिहिबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाण्डौँ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र संघको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।

प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्वपूर्ण छलफल भएको थियो। दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल, परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललगायत सहभागी थिए।

प्रधानमन्त्री दाहालले राष्ट्र संघको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस