एमसीसी प्रमुख कार्यकारी अधिकृत अल्ब्राइट आइतबार नेपाल आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौँ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट ९एमसीसी०की प्रमुख कार्यकारी अधिृकत एलिस अल्ब्राइट नेपाल आउने भएकी छन् ।

आउँदो आइतबार उनी पाँचदिने नेपाल भ्रमणमा आउन लागेकी हुन् । नेपालमा एमसीसी परियोजना कम्प्याक्ट कार्यान्वयन सुरु भएको एक महिना पुगेलगत्तै उनी काठमाडौं आउने लागेकी हुन् ।

एमसीसीको लगानीमा निर्माण हुन लागेको प्रसारण लाइनका लागि अनुमानित लागतभन्दा बढी मूल्य कबोलेर पाँचवटा कम्पनीले ठेक्का प्रस्ताव पेस गरेका छन् । उनीहरूले एमसीसीको लागत अनुमानभन्दा ६० प्रतिशत भन्दा धेरै लागत प्रस्ताव गरेपछि उनी नेपाल आउन लागेकी हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस