कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

  • अनलाइन केन्द्र
  • / तस्विर /
  • २०८० कार्तिक १, बुधबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

कार्तिक १, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा प्रदेशसभाका दुई तिहाईबढी सांसदहरुको समर्थन सहित कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम कार्कीले पेस गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । प्रदेशसभाका ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई मत दिएका थिए भने कार्कीको विपक्षमा राप्रपाका ५ सांसदहरु रहे ।

कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ८६ सांसदले विश्वासको मतको प्रस्तावको पक्षमा मत दिएका हुन् ।

कोशीमा सरकार गठनका लागि अन्तिम विकल्पस्वरुपः संविधानको धारा १६८ ५ अन्तर्गत कार्की वर्तमान मुख्यमन्त्री बनेका हु्न् । उनी कांग्रसका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस