चुनावपछि असन्तुष्ट पक्षले एनआरएनए फुटाए, आरके शर्मा अध्यक्ष बन्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक ४, शनिबार (१ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

कात्तिक ४,काठमाडौँ । ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा देखिएको विवादसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन भएको छ । निर्वाचनको नतिजाप्रति विमति राख्दै आएको समूहले नयाँ एनआरएनएको औपचारिक घोषणा गर्न लागेका छन् ।

राजधानीको होटल हिमालयमा अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठसहितको एनआरएनएहरुको भेलाले नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्न लागेको हो । एनआरएनएका उपाध्यक्ष डीबी क्षेत्रीले महेश श्रेष्ठसमेतको समर्थनमा आरके शर्मालाई नयाँ अध्यक्ष चयन गर्न लागिएको बताए ।

निर्वाचनमा धाँधली गरेर बद्री केसीलाई अध्यक्ष बनाउने कार्य भएको तथा त्यो कार्य आपत्तिजनक भएको असन्तुष्ट समूहको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस