राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २८, शनिबार (१ साल अघि)
  • ३९ पटक पढिएको
Post Thumbnail

पौष २८, काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ ।
शनिबार निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार नै बिहान १० बजेदेखि दिउँसो १बजेसम्म उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस