फागुन १३, मकवानपुर । बागमती संसद् सञ्चालनका सन्दर्भमा सर्वदलीय बैठक बस्दै छ । प्रदेशसभा बैठक सञ्चालनका सन्दर्भमा दलीय सहमति निर्माणका लागि प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ ।
प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार सर्वदलीय बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठक सचिवालयमा नै बस्ने वा अन्य स्थानमा बस्ने भन्ने विषयमा निर्णय भई नसकेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।