‘चुनावअघि अब कसैले पनि गठबन्धन गर्दैनन्’ : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २७, आईतबार (१ साल अघि)
  • २१५ पटक पढिएको
‘चुनावअघि अब कसैले पनि गठबन्धन गर्दैनन्’ : गगन थापा

फागुन २७, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि अब कसैले पनि गठबन्धन गर्ने कल्पना नगर्ने बताएका छन् । पार्टीहरू मिलेर चुनावमा जाने र कसले कसलाई कतिबेला धोका दिने टुंगो नहुने देखिएकाले अब कसैले गठबन्धन नगर्ने उनले बताएका छन् ।

‘हामीले केही दिनअगाडि नेपालको राजनीतिमा अर्को एउटा ठूलो परिवर्तन देख्यौं । यसको अन्तर्यमा के छ भन्ने कुरा खुल्दै जाला,’ गोदावरी नगरपालिकाको स्थापना दिवसका अवसरमा आइतबार भएको कार्यक्रममा महामन्त्री थापाले भने, ‘एउटा कुरा चाहिँ मलाई खुशी लागेको छ । चुनावभन्दा अगाडि, पार्टीहरू नेताहरू मिलेर चुनावमा जाने परम्परा थियो त्यसले राजनीतिलाई भ्रष्ट, लोकतन्त्रलाई विकृत र भित्रभित्र खोक्रो बनाउँदै लगेको थियो । अब त्यसो हुँदैन उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस