बागमती प्रदेशसभा बैठक बस्दै, के-के छन् कार्यसूचीहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २९, मंगलबार (१ साल अघि)
  • ४२ पटक पढिएको
Post Thumbnail

फागुन २९, मकवानपुर । बागमती प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो ३ः०० बजे प्रदेशसभा बैठक बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।

प्रदेशसभा बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ । गत फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्यका र २०८०(०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समिति गठन गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस