रञ्जिताले गरिन् नाउपा गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाटै निष्काशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २०, मंगलबार (१ साल अघि)
  • ८२ पटक पढिएको
रञ्जिताले गरिन् नाउपा गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाटै निष्काशन

चैत्र २०, कैलाली । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकीमा पार्टीका प्रदेश अध्यक्ष राजन गुरुङ र वागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई कारबाही गरेकी छिन् । अध्यक्ष चौधरीले उनीहरू दुवै जनालाई पदमुक्त गर्दै पार्टीबाट निष्कासन गरिएको छ ।

सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै पार्टी विधानअनुसार पदमुक्त गरी पार्टीबाट निष्काशन गरिएको अध्यक्ष श्रेष्ठद्वारा सोमबार अबेर जारी पत्रमा उल्लेख छ ।

सुदूरपश्चिममा कुन समीकरणमा सामेल हुने भन्ने विषयमा रेशम र रञ्जिताबीच विवाद चर्किदा यतिबेला नागरिक उन्मुक्ति फुटको संघारमा पुगेको छ । अध्यक्ष रञ्जिता संघदेखि प्रदेशसम्म नवगठित सत्ता समीकरणमा सामेल हुने पक्षमा छिन् भने संरक्षक रहेका पति रेशम चौधरी सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारै पक्षमा छन् । त्यही कारण पार्टीभित्र विवाद चरम अवस्थामा पुगेर सोमबार काठमाडौंमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता–कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस