उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न आजै दिइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० चैत्र २७, मंगलबार (१ साल अघि)
  • १९३ पटक पढिएको
उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, चुनाव चिह्न आजै दिइने

चैत्र २७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ ।

आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ ।

आगामी वैशाख १५ गते रिक्त रहेको इलाम २ र बझाङ १ १ मा उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ १ १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस