खोज्दै प्रहरी

पक्राउ पुर्जीपछि राप्रपा सांसद गीता बस्नेत बेपत्ता !

छिपछिपे सहकारीबाट १६ करोड ६९ लाख रकम हिनामिना
  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २१, शुक्रबार (११ महिना अघि)
  • १७३ पटक पढिएको
पक्राउ पुर्जीपछि राप्रपा सांसद गीता बस्नेत बेपत्ता !

बैशाख २१, काठमाण्डौँ । सहकारीको रकम अपचलन गरेको प्रकरणमा प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ तथा सांसद गीता बस्नेतको खोजी गरिरहेको छ ।
पूर्वी नवलपरासी नवलपुर स्थित छिपछिपे सहकारी संस्थाको रकम हिनामिना गरेको प्रकरणमा त्यहाँको जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले उनको खोजी गरिरहेको हो ।

सांसद बस्नेत हाल सम्पर्कमा नरहेकाले सम्पर्क गर्ने प्रयास भइरहेको नवलपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नरहरि रेग्मीले बताए ।
छिपछिपे सहकारीका बचतकर्ताले आफूहरूको बचत रकम हिनामिना गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले सांसद बस्नेतका ज्वाइँ नगेन्द्रबहादुर रिमालसहित ७ जनालाई भने पक्राउ गरिसकेको छ । प्रहरीले सहकारीका सचिव रिमाल, सञ्चालक योगेन्द्र पाण्डे, विकास सापकोट, कृष्ण ज्ञवाली, सञ्जीवकुमार महतोलगायत ७ जनालाई पक्राउ गरेको हो ।

हाल उनीहरू नवलपुर प्रहरीको हिरासतमा छन् । छिपछिपे सहकारीबाट १६ करोड ६९ लाख रकम हिनामिना भएको उजुरी नवलपुर जिल्ला प्रहरी कार्यालयमा परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस