देउवा–प्रचण्डबीच छलफल

कांग्रेसले भन्यो :-‘रविमाथी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक’

कांग्रेसले संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने
  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ बैशाख ३०, आईतबार (११ महिना अघि)
  • १३९ पटक पढिएको
कांग्रेसले भन्यो :-‘रविमाथी संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक’

बैशाख ३०,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिच छलफल सकिएको छ ।
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड संसदको अवरोध खुलाउन सकारात्मक देखिएको कांग्रेस नेताहरूले बताएका छन् । छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले पूर्ववत अडान राखेको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको बताए ।

‘हामीले हाम्रो अडान राख्यौँ, प्रधानमन्त्री त्यसमा सकारात्मक देखिनुभएको छ’, लेखकले भने । संसद् खुलाउने/नखुलाउने विषय सरकार र सत्तापक्षमा भरपर्ने उनको भनाइ छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरे संसदको अवरोध जारी राख्ने जनाएको छ ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस