पर्सामा पनि नौलो गणतन्त्र सम्बन्धि प्रचारप्रसार तिब्र, जेष्ठ १५ गते काठमाडौमा जनमतको शक्ति प्रदर्शन

  • अनलाइन केन्द्र
  • / जनमत पार्टी /
  • २०८१ जेष्ठ १, मंगलबार (११ महिना अघि)
  • २२५ पटक पढिएको
पर्सामा पनि नौलो गणतन्त्र सम्बन्धि प्रचारप्रसार तिब्र, जेष्ठ १५ गते काठमाडौमा जनमतको शक्ति प्रदर्शन

दिपू वर्णवाल

जेठ १, वीरगञ्ज । जनमत पार्टीको नयाँ राजनीतिक एजेन्डा नौलो गणतन्त्र तथा समाजिक लोकतन्त्रको आन्दोलनको घोषणा यहीँ जेष्ठ १५ गते भृकुटीमण्डप काठमाडौमा हुने भएको छ । देशमा स्थायी शान्ति एवं दिगो बिकासको लागी एक मात्र विकल्प नौलो गणतन्त्र तथा समाजिक लोकतन्त्रको अवधारणा रहेको जनमत पार्टीले दावी गरेको छ ।

पार्टीका राष्ट्रिय अध्यक्ष डा। सिके राउतको आह्वानमा काठमाडौमा हुने बृहत् सभा एवं प्रदर्शनलाई भब्य रुपमा सफल बनाउन जनमत पार्टी, पर्साले जिल्लाको गाउँदेखि सहर सम्म प्रचारप्रसार तीब्र पारेको छ । प्रशिक्षण, अन्तरक्रिया, पम्प्लेट बितरण तथा घरदैलो मार्फत पार्टीको यो नवीन एजेन्डा जनजनमा पुर्याउने कार्य भइरहेको जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले बताए ।

काठमाडौमा हुने बृहत सभामा पर्साबाट पनि उल्लेख्य सहभागिता गराउने प्रयास भईरहेको पार्टीका पर्सा सहइन्चार्ज मुकेश द्विवेदीले वताए ।

पर्सामा प्रचारप्रसारमा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, सहइन्चार्ज मुकेश द्विवेदीको कमान्डमा केन्द्रिय सदस्यहरु बिध्यलाल प्रसाद, अनुराग द्वेवेदी, राजेश चौरसिया, जिल्ला सचिव शशी पान्डे, कोषाध्यक्ष अभिसेख तिवारी, महानगर युवा अध्यक्ष संजय सिह, उपाध्यक्ष संजय साह, सचीव लोकेश कर्ण, कोषाध्यक्ष सिकेन्द्र राम, मजदुरका जिल्ला संयोजक बिष्णु कुषवाहा, युवा नेताहरू महादेव शर्मा, महिला संयोजक अन्जना गुप्ता, रेखा यादव, डिम्पल सिन्हा, नेताहरू नागेन्द्र यादव, मनोज पटेल, राहुल सरार्फ लगायतका पार्टीका नेता, कार्यकर्ता दैनिक प्रचारप्रसारमा खटिएका छन् ।

जनमत पार्टीको यो नवीन एजेन्डालाई पार्टीका हरेक तह, तप्काका नेता कार्यकर्ता लगायत आम जन समुदायमा पुर्याउने लक्ष्य रहेको पार्टीका राजनीतिक समितिका सदस्य एवं प्रशिक्षक सिपु तिवारीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस