जसपा फुटको असर

कोशी प्रदेशमा उपेन्द्र यादव निल ! निर्मला लिम्बुले रोजिन् राई नेतृत्वको जसपा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १, मंगलबार (११ महिना अघि)
  • १५० पटक पढिएको
कोशी प्रदेशमा उपेन्द्र यादव निल ! निर्मला लिम्बुले रोजिन् राई नेतृत्वको जसपा

जेठ १,विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् ।

जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको थियो । मंगलबार लिम्बुले विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा गई आफू अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा रहने भनी सनाखत गरेकी हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपाको कोशी प्रदेशमा एक सिट मात्र रहेको थियो । राई नेतृत्वको जसपामा लिम्बु खुलेसंगै उपेन्द्र यादव कोशी संसदमा निल भएका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस