निरन्तर संसद अवरोध

छानविन समिति गठन गर्न प्रधानमन्त्री सहमत, कांग्रेससँग थप छलफल गरिँदै

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ जेष्ठ ५, शनिबार (११ महिना अघि)
  • १५१ पटक पढिएको
छानविन समिति गठन गर्न प्रधानमन्त्री सहमत, कांग्रेससँग थप छलफल गरिँदै

जेठ ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल सकिएको छ । छलफलपछि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकारात्मक भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जनाएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री र प्रतिपक्षी दलको छलफलपछि कांग्रेस नेता रमेश लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ ।’ उनले यस विषयमा थप छलफल गर्ने सहमति बनेको बताएका छन् ।

#संसदीय छानबिन समिति

 

ताजा अपडेट

खोजी गर्नुहोस