सहकारी ठगी प्रकरण

गृहमन्त्रीको अभिव्यक्तिपछि झन आक्रमक ! कांग्रेस कार्यदल बैठक अनिश्चित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ७, सोमबार (११ महिना अघि)
  • ११३ पटक पढिएको
गृहमन्त्रीको अभिव्यक्तिपछि झन आक्रमक ! कांग्रेस कार्यदल बैठक अनिश्चित

जेठ ७,काठमाडौँ । सहकारी छानबिन समितिको कार्यक्षेत्र तय गर्न गठित कार्यदलको बैठक अनिश्चित भएको छ । आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आफ्नो कुरा राखेपछि पुन बसेर छलफल गर्ने तय भएपनि अहिलेसम्म कार्यदलको बैठक बस्ने नबस्ने अनिश्चित रहेको नेताहरूले बताएका छन् ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेले आइतबार संसदमा दिएको अभिव्यक्तिले पूर्व सहमतिलाई भड्काउने काम गरेको जनाएको छ ।

‘विश्वासको वातावरण बन्दै थियो तर गृहमन्त्रीको उत्तेजक र अमर्यादित अभिव्यक्तिले माहौल बिग्रेको छ’, कार्यदल सदस्य समेत रहेका कांग्रेस सहमहामन्त्री जीवन परियारले भने, आइतबार साँझ नै बस्ने भनिएको कार्यदल बैठकबारे अहिलेसम्म कुनै निधो छैन ।’

नेता परियारले अव कार्यदल बैठक बसेपनि बसेपनि पार्टीभित्र छलफल गरेर मात्रै आफूहरू बैठकमा जाने बताए । अहिले कांग्रेसले संसदीय दल कार्यसमिति बैठक बसिरहेको छ । कार्यसमिति बैठकपछि संसदीय दलको बैठक बस्दै छ । दलको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत लिन दिने कि नदिने भन्ने निर्णय गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस