जेठ ७,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभामा कम्तीमा १५७ भन्दा कम नहुने गरी विश्वासको मत लिने तयारीमा छन् । सरकारमा सहभागी जनता समाजवादी पार्टी९जसपा० नेपाल वैशाख २४ गते विभाजन भएपछि प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।
गत फागुन २१ गते एमालेसहितको नयाँ सत्ता समीकरण बदलिएपछि उनले दुई महिना ८ दिनमा दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । यसअघि फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका थिए ।
कांग्रेससँगको सहकार्य भङ्ग भएपछि प्रचण्डलाई एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, जसपा नेपाल र एकीकृत समाजवादीले समर्थन गरेका थिए । उनलाई सरकार बाहिर रहेको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) र दुई स्वतन्त्र सांसदले पनि विश्वासको मत दिएका थिए ।