जेठ ८, काठमाडौँ । नेपाली कांग्रेसको मागअनुसार गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति बनाउने सहमति भएको छ ।
छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलमा आज यो सहमति भएको हो । कार्यदल बैठक सुरु भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि शिशिर खनालले आफ्नो पार्टीका सभापति लामिछाने टीओआरमा नाम राख्न सहमत भएको जानकारी गराएका थिए। यो सहमतिसँगै अवरुद्ध संसद् सुचारु हुने अपेक्षा गरिएको छ ।
# रवि लामिछाने