कान्तिपुर मिडिया ग्रुप

‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र श्रमजीवि पत्रकार एकै होइनन्’ : रास्वपा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ९, बुधबार (११ महिना अघि)
  • १४२ पटक पढिएको
‘नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र श्रमजीवि पत्रकार एकै होइनन्’ : रास्वपा

जेठ ९, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि प्रतिपक्षी र केही सत्ता पक्षकै दलहरूले विरोध जनाइरहेका बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पार्टीले भने सिरोहिया पक्राउको समर्थनमा विज्ञप्ति जारी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता डा मुकुल ढकालले आज विज्ञप्ति जारी गर्दै नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र श्रमजीवि पत्रकार एकै नभएको बताएका छन् । उनले भनेका छन्, ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन ।’

उनले सिरोहिया पक्राउबारे स्पष्ट उल्लेख नगरे पनि ‘सञ्चार माध्यमहरू लोभ, त्रास र सौदाबाजीको अस्त्र बने भने राज्य जाग्नु पर्छ भन्ने सन्देश जनतामा जाओस्’ भनेका छन् । उनले कुनै बेला लोकतन्त्रका लागि योगदान दिएको भन्दैमा भ्रष्टाचार गर्ने छुट नभएको समेत उल्लेख गरेका छन् ।

#कान्तिपुर मिडिया ग्रुप

ताजा अपडेट

खोजी गर्नुहोस