एकीकृत समाजवादी

सदनको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ जेष्ठ १३, आईतबार (१० महिना अघि)
  • ८८ पटक पढिएको
सदनको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई माधव नेपालको ध्यानाकर्षण

जेठ १३, काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएको छ । आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमालसहितका नेताले सदनमा देखिएको गतिरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

एकीकृत समाजवादी सचिवालय बैठकले गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही निर्णय जानकारी गराइएको उपाध्यक्ष हमालले जानकारी दिए ।

#एकीकृत समाजवादी

ताजा अपडेट

खोजी गर्नुहोस