निलम्बन

गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ १६, बुधबार (१० महिना अघि)
  • ९५ पटक पढिएको
गृहमन्त्री लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ स्थगित

जेठ १६, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट निवेदन आज सुनुवाइ नहुने भएको छ ।

महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको रिट सुनुवाइ गर्न आज सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नहुने भएको हो ।

# निलम्बन

ताजा अपडेट

खोजी गर्नुहोस