जेठ १९,काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे १२ बजे संसद् भवन नयाँबानेश्वर स्थित ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम, मधेस प्रदेश सरकार तथा सरकारले संसदमा पेस गरेको बजेटबारे छलफल हुने जनाइएको छ ।